नेपालगन्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतबाट आयात गर्न लागिएका न्यूनस्तरका चना र राजमाको दाल रोक्का गरेको छ। नेपालगन्ज भन्सार नाकामा कशौधन ट्रेडर्सले भारतबाट आयात गर्न ल्याएको ९,६०० केजी चनाको दालको परीक्षण गर्दा मापदण्डभन्दा बढी क्षतिग्रस्त दाना र किराले क्षति पुर्याएको दाना फेला परेको विभागले जनाएको छ। विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्जले उक्त दाल आयात गर्न नमिल्ने प्रतिवेदन नेपालगन्ज भन्सार कार्यालयमा पठाएको छ।
त्यस्तै, नेन्शी सप्लायर्स, दाङ्गले भारतबाट आयात गर्न ल्याएको २३,२८० केजी राजमाको दालको परीक्षण गर्दा पनि मापदण्डभन्दा बढी क्षतिग्रस्त दाना फेला परेकोले आयात रोक्न प्रतिवेदन तयार गरिएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य पदार्थ आयात गर्दा अनिवार्य स्वीकृति र अनुमति लिनुपर्ने प्रावधान रहेकोले विभागले सम्पूर्ण खाद्य व्यवसायीलाई यस ऐनको पालना गर्न आग्रह गरेको छ।
प्रावधान विपरीत कार्य गरे ऐन बमोजिम कानुनी कारवाही हुने चेतावनी समेत दिइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार आयात गरिने खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न विभाग प्रतिबद्ध रहेको छ। यस कदमले उपभोक्ताको स्वास्थ्य र सुरक्षाका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


