Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्छ : सभापति देउवा


ग्लोबल पाना
बुधबार, माघ १६ २०८१
  • 328
    SHARES

  • images
    स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्छ : सभापति देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई समिटको उद्घाटन गर्दै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुग्ने समेत बताए।

    images
    images
    images

    स्टार्टअप उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्ने भन्दै उनले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुने उल्लेख गरे। थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्न सके रोजगारीमा क्रान्ति ल्याउन सकिने उनले बताए।

    सभापति देउवाले कृषि, वन, जडिवुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्न सक्ने समेत बताए।

    उनले नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको बताए।

    सभापति देउवाले उद्यमी, व्यापारी, व्यवसायीहरुले भोग्नु परेका कानूनी तथा प्रकृयागत झन्झटहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न सरकारले आवश्यक कानून ल्याएको र कानूनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउने बताइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ