Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ज्ञानचक्षु इङ्लिस स्कुलको स्थापनाको १९ बार्षिक उत्सव सम्पन्न


ग्लोबल पाना
शुक्रबार, माघ १८ २०८१
  • 328
    SHARES

  • images
    ज्ञानचक्षु इङ्लिस स्कुलको स्थापनाको १९ बार्षिक उत्सव सम्पन्न

    काठमाडौं । काठमाडौं जिल्लाको उत्तरी भेग बूढानिलकण्ठ नगरपालिका वडा नंबर ७ भेटघाटचोक बाँसबारी नजिक रहेको ज्ञानचक्षु इङ्लिस स्कुलको स्थापनाको १९ बार्षिक उत्सव र अभिभावक दिवस मनाएको छ। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा ज्ञानचक्षु इङ्लिस स्कुलले स्थापनाको १९ बार्षिक उत्सव र अभिभावक दिवस मनाएको हो। २०६२ सालमा स्थापित ज्ञान चक्षु स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु प्रदान गर्दै आइरहेको छ ।

    images
    images
    images

    २१ औं शताब्दीको समय सापेक्ष र प्रविधि मैत्री, शान्त वतावरण, अनुभवी शिक्षक शिक्षीकाबाट पठन पाठन गरिने भएकाले सबै भविभावकको रोजाईमा परेको छ । वार्षिक उत्वस तथा अभिभावक दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले विद्यालय शिक्षामा स्वास्थ्य शिक्षामा जोड दिएका थिए। कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक निर्देशक रमेश श्रेष्ठले ज्ञान चक्षु ईङ्लिस स्कुललाई बोलेर मात्र नभई कामले गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए ।

    उनले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीनै पाटाको महत्वपूर्ण भुमिका हुने भएकाले त्यो अवस्था यस स्कुलमा भएकाले काठमाडौं उपत्यकाको उत्तरीभेगको उत्कुष्ठ हुन सफल भएका बताए । बार्षिक उत्सव तथा अभिभावक दिवसमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुका हजुरबुवा तथा हजुरआमाहरुलाई विशेष सम्मान गरिएको थियो।

    साथमा स्कुलमा अध्यापनरत शिक्षक–शिक्षिकाहरुलाई मन्त्री पौडेलले सम्मान प्रदान गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि तथा अतिथि, कलाकार, पत्रकार, समाजसेवीहरुलाई मायाको चिनो प्रदान गरिनुकासाथै विद्यार्थीहरुले नाचगान तथा खेलकुदका कार्यक्रम गरि आफ्नो प्रतिभा प्रस्तुत गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ