Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एन्जल्स हर्ट एजुकेशन फाउन्डेशनको ४२औं अभिभावक दिवस उत्साहका साथ सम्पन्न


ग्लोबल पाना
आइतबार, माघ २० २०८१
  • 669
    SHARES

  • images
    एन्जल्स हर्ट एजुकेशन फाउन्डेशनको ४२औं अभिभावक दिवस उत्साहका साथ सम्पन्न

    काठमाडौं । एन्जल्स हर्ट एजुकेशन फाउन्डेशनले आफ्नो ४२औं अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । यस अवसरमा विद्यालयले विद्यार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा भएको प्रगतिको उत्सव मनाउँदै अभिभावकहरूसँग सहकार्यलाई अझ सशक्त बनाउने उद्देश्यले राखिएकाे यस अभिभावक दिवस कार्यक्रममा  प्रमुख अतिथि, विभिन्न अतिथिहरू, पत्रकारहरु, समाजसेवी, अभिभावकहरू तथा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का प्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्रालयका माननीय मन्त्री अमन मास्के रहेका थिए । उनले विद्यालयको उच्च शिक्षण स्तर, अनुशासन, र नवप्रवर्तनशील शिक्षण पद्धतिको उच्च प्रशंसा गर्दै एन्जल्स हर्ट एजुकेशन फाउन्डेशन उत्कृष्ट विद्यालय रहेको र यसको महत्व र योगदान शब्दहरूमा बयान गर्न नसकिने बताए । साथै, उनले विद्यालयको निरन्तर प्रगति तथा विद्यार्थीहरूको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा उपस्थित अतिथिहरूले विद्यालयको शिक्षण गुणस्तर, अनुशासन र व्यवस्थापनको प्रशंसा गरेका थिए । साथै, विद्यालयले लिएका भावी योजनाहरू प्रति समर्थन व्यक्त गर्दै थप सफलता प्राप्त होस् भन्ने शुभकामना दिएका थिए ।

    विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्य, मन्तव्य, संगीत, तथा नाटकहरूले यस कार्यक्रम मुख्य आकर्षण बनेकाे थियो । साथै, यस कार्यक्रममा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता देखाउने विद्यार्थीहरूलाई र शिक्षक शिक्षिकाहरुलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

    यस विद्यालयले आफ्नो शिक्षण गुणस्तर, नवीन शिक्षण शैली र विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनका कारण अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको र हालै मात्र विद्यालयलाई अस्ट्रेलियाको क्यानबेराबाट एक प्रतिष्ठित पुरस्कार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक धन बहादुर पुनले बताए । विद्यालयमा भएको यस उपलब्धिलाई सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरूको निरन्तर सहयोगकै कारण सम्भव भएको बताए । अभिभावकहरूले विद्यालयको शिक्षण पद्धति, विद्यार्थीहरूको प्रगति तथा भविष्यका योजनाबारे सुझाव तथा जिज्ञासा राख्ने अवसर पाउनुका साथै विद्यालय र अभिभावकबीचको समन्वय अझ सशक्त बनाउन विशेष पहल गरिएको थियो ।

    प्रधानाध्यापक पुनले विद्यालय र अभिभावकबीचको सहकार्य नै विद्यार्थीहरूको समग्र विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै, विद्यालयले शिक्षा क्षेत्रमा निरन्तर नवीनता ल्याउने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले विद्यार्थीहरूको प्रदर्शनलाई ‘प्रोजेक्ट वर्क’ जस्तै भएको बताए । “हाम्रा विद्यार्थीहरूले गरेका प्रदर्शनहरू केवल मनोरञ्जनका लागि मात्र होइन, यो सिकाइको एउटा उत्कृष्ट प्रक्रिया हो । उनीहरूको तयारी, मेहनत, र प्रस्तुतिले स्पष्ट देखाउँछ कि उनीहरू समस्या समाधान गर्ने, सिर्जनात्मक सोच्ने र आफ्नो प्रतिभालाई निखार्ने प्रक्रियामा छन्,” प्रधानाध्यापकले उल्लेख गरे ।

    प्रधानाध्यापक पुन विद्यार्थीहरूको भविष्य निर्माणमा समर्पित एक उत्कृष्ट शिक्षक मात्र होइन, एक मार्गदर्शक, अभिभावक र प्रेरणाका स्रोत पनि हुन् । शिक्षा क्षेत्रमा लामो अनुभव भएका, नवीनतम प्रविधि र अध्यापन शैलीलाई आत्मसात गर्ने तथा विद्यार्थीहरूको आवश्यकता बुझ्ने नेतृत्वकर्ताका रूपमा परिचित छन् । उनको विशेषता भनेको विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक जीवन सीप सिकाउन जोड दिनु हो ।

    विद्यालयको वातावरणलाई सकारात्मक, अनुशासित र रचनात्मक बनाउने उनको प्रयासले अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई उत्साहित बनाएको पाइन्छ । शिक्षकहरूसँग सधैं सहकार्य गर्ने, अभिभावकहरूसँग संवाद राख्ने र विद्यार्थीहरूको व्यक्तिगत समस्या समाधान गर्न समय दिने उनको गुणले विद्यालयलाई अझ प्रभावकारी र नमूना शिक्षण संस्था बनाएको छ । उनका यस्ता गुणहरूको कारण, विद्यालयको शैक्षिक गुणस्तर लगातार सुधार हुँदै गएकाे छ ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ