Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको  दोस्रो त्रैमासिक प्रगति समीक्षा   


ग्लोबल पाना
सोमबार, माघ २१ २०८१
  • 378
    SHARES

  • images
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको  दोस्रो त्रैमासिक प्रगति समीक्षा   

    पोखरा  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/०८२ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक  तथा (दोस्रो त्रैमासिक प्रगति समीक्षा) आइतबार  सम्पन्न भयो । 

    images
    images
    images

    बैठकमा मन्त्रालय र अन्तर्गतका निकायहरुको भौतिक तथा वित्तिय प्रगति, मन्त्रालयबाट दोस्रो त्रैमासिक अवधिमा सम्पादित प्रमुख कार्यहरु, माइस्टोनमा उल्लेख भएका विषयहरुको कार्यान्वयन अवस्था, प्रधानमन्त्री र  मन्त्रीबीच भएका कार्यसम्पादन सम्झौताका विषयहरुको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो ।

    उक्त बैठकमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले  गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोले शिक्षामा लगानी गर्न सरकारका सबै सम्यन्त्र  तयार रहनुपर्ने, शिक्षकलाई मेन्टरको रुपमा विकास गर्नुपर्ने र संस्थागत विद्यालयमा समेत सुशासनको पक्षलाई ध्यानदिनुपर्नेमा जोड दिनुभयो । 

    उक्त बैठकमा मन्त्रालयका सचिवद्वय (शिक्षा तथा विज्ञान प्रविधि),अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरु, महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो। बैठकले संघ, प्रदेश र स्थानीय साझेदारीमा शिक्षा कोषको स्थापना गर्ने र CLPIU को कार्यक्षेत्र विस्तार गर्ने विषयलाई राष्ट्रियस्तरीय विकास समस्या समाधान समितिमा लैजाने विषय प्रस्ताव गरेको छ ।

    बैठक   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई को अध्यक्षतामा सम्पन्न भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ