Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

तस्करीको आशंकामा बाराबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा


ग्लोबल पाना
मंगलबार, माघ २२ २०८१
  • 313
    SHARES

  • images
    तस्करीको आशंकामा बाराबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

    काठमाडौं । तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–७ बाट लु १ ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

    images
    images
    images

    वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। करिब २९ लाख ४८ हजार ९५३ रुपैयाँ बराबरको सामानको स्रोत खुलाउन नसकेपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको सापकोटाले बताए।

    ट्रकमा हार्डवेयर, आल्मुनियम सिट, इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन, सब बिलेट, बालनट इन्सेललगायत सामान थिए। सामान र ट्रक मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ