Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

३ कम्पनीको औषधि बेच्न नपाइने


ग्लोबल पाना
बुधबार, माघ २३ २०८१
  • 276
    SHARES

  • images
    ३ कम्पनीको औषधि बेच्न नपाइने

    काठमाडौं । औषधि व्यवस्था विभागले तीन उद्योगका औषधि बिक्रीमा रोक लगाएको छ। न्यून गुणस्तरको देखिएका तीन नेपाली उद्योगले उत्पादन गरेका विभिन्न ब्याचका औषधि बिक्रीमा रोक विभागले लगाएको हो। काभ्रेको बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स्बाट उत्पादित ‘क्याल्बोन’ नामक क्याल्सियम र भिटामिन डी थ्री मिश्रित ५०० एमजीको ट्याब्लेटका धेरै ब्याच बिक्रीमा रोक लगाइएको छ। ब्याच नम्बर ‘टीसीएल २०३’ देखि ‘टीसीएल ३४१’ सम्मका ट्याब्लेट तोकिएको स्तरबमोजिम नभएको विभागले जनाएको छ।

    images
    images
    images

    राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि विभागले सोही कम्पनीको ब्याच नम्बर ‘टीसीएल–२२९’ लाई माघ पहिलो साता बिक्रीमा रोक लगाएको थियो। विभागले बाराको एभरेस्ट प्यारेन्टेरल्सले उत्पादन गरेको ‘इभासिप’ नामक आँखाको औषधि (आई ड्रप्स)को ब्याच नम्बर ‘ईसीई १४०’ पनि बिक्रीमा रोक लगाएको छ।

    यस्तै, लोमस प्यारेन्टेरल्सको ‘ए ०४ डब्लूजेड ०१०’ ब्याचर्को डीएनएस’ सोडियम क्लोराइड इन्जेक्सन पनि न्यून गुणस्तरको पाइएको छ। विभागले न्यून गुणस्तरका ब्याचका औषधि बिक्री–वितरण नगर्न तथा बजारबाट फिर्ता ल्याउन उत्पादक कम्पनीहरूलाई निर्देशन दिएको छ। खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न विभागले आग्रह गरेको छ।

    ausadi.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ