Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा मन्त्री भट्टराईद्वारा राष्ट्रिय किताबखानाको आकस्मिक अनुगमन


ग्लोबल पाना
बिहीबार , माघ २४ २०८१
  • 364
    SHARES

  • images
    शिक्षा मन्त्री भट्टराईद्वारा राष्ट्रिय किताबखानाको आकस्मिक अनुगमन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार राष्ट्रिय किताबखाना (शिक्षक) को आकस्मिक अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा मन्त्री भट्टराईले निवृत्तभरण प्रमाणपत्र बनाउने प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीसँग कार्यसम्पादनको प्रवाहका बारेमा जानकारी लिनुभयो ।

    images
    images
    images

    उक्त अनुगमनका क्रममा सेवाग्राहीहरूसँग पनि उहाँले सेवाको प्रभावकारिताबारे चासो राख्नु भएको थियो । अनुगमनपश्चात मन्त्री भट्टराईले राष्ट्रिय किताबखानाको कामका बारेमा बेलावेलामा गुनासाहरू आइरहने गरेको हुनाले आइन्दा गुनासा नआउने किसिमले काम गर्न निर्देशन दिनुभयो ।

    शिक्षकहरूले पेश गरेको सिटरोलको Digitization समयमै सक्न र सिटरोल तथा निवृत्तिभरण र सम्पत्ती विवरणका अभिलेखहरूको भण्डारणका लागि तत्काल कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिनु भयो । अनुगमनका क्रममा राष्ट्रिय किताबखाना (शिक्षक) का उपमहानिर्देशक युवराज पौडेलले किताबखानाबाट हुने गरेका कामकारबाही र प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो ।

    उक्त अनुगमनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिव सापकोटा सहितका ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ