Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

संसदमा गगन थापाको प्रश्न : भूकम्प पुननिर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ ?


ग्लोबल पाना
बिहीबार , माघ २४ २०८१
  • 175
    SHARES

  • images
    संसदमा गगन थापाको प्रश्न : भूकम्प पुननिर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ ?

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले जाजरकोटको भूकम्प र असोजमा गएको बाढीका बारेमा गरिएका काम र स्रोत जुटाउने विषयमा भइरहेका कामबारे सरकारसँग जवाफ माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जाजरकोटका भूकम्पबाट ९२ हजारभन्दा बढी घर पुननिर्माण गर्नुपर्ने आँकलन गरिए पनि कतिपयले दोस्रो किस्ता पाउन नसकेको भन्दै स्रोत जुटाउने विषयमा भइरहेका कामबारे जबाफ माग गरेका हुन् ।

    images
    images
    images

    उनले भने, ‘जाजरकोटको भूकम्प, असोजको बाढी, यसका बारेमा गरिएका काम र स्रोत जुटाउने काम कसरी भइरहेको छ ? यी सबै कुराहरूका बारेमा सदनलाई जानकारी गराइयोस् । हामी सुन्न पनि चाहन्छौँ र छलफलमा भाग लिन पनि चाहन्छौं । पुननिर्माण धेरै परको कुरा, दोस्रो किस्ता पनि कतिपय परिवारले पाएका छैनन्। उदेकलाग्दो कुरा त क्षतिको विस्तृत लेखाजोखा (डीडीए) भर्खर मात्रै भएको छ ।’

    यसैगरी, उनले असोजको बाढीमा बगेका र भत्केका घरहरूको अस्थायी आवासका निम्ति मंसिर मसान्तभित्र अनुदान दिने राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले निर्णय गरे पनि कतिपयले पहिलो किस्ताको अनुदान नै नपाएको बताए ।

    उनले भने, ‘जाजरकोटको भूकम्पबाट करिब ९२ हजार भन्दा बढीको घरहरुको  पुननिर्माण गर्नुपर्ने आँकलन गरिएको  थियो । पुननिर्माण धेरै परको कुरा हो ।  दोस्रो  किस्ता पनि कतिपय घरहरुले पाएका छैनन् । उदेग लाग्दो कुरा त डिडिए भर्खर  मात्रै भएको छ । असोजको बाढिमा बगेका र  भत्किएका घरहरुको अस्थाई  आवासको  निम्ती अनुदान दिने मंसिर मसान्तभित्र भनेर राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले निर्णय गर्यो ।  अझैं कतिले सामान्य  पहिलो किस्ताको  अनुदान नपाएको  अवस्था छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ