काठमाडौं, २४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ गएका क्याथे प्यासिफिक एयरलाइन्सका दुई उडानमा रहेका यात्रुहरूलाई खाद्य विषाक्तता भएको घटनाबारे नेपाल सरकारले छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णको अध्यक्षतामा गठित चार सदस्यीय अध्ययन कार्यदलले उक्त घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन प्रस्तुत गरेको हो।
खाद्य विषाक्तता नेपालमा खाएको खानाबाट नभएको पुष्टि नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, अनुसन्धानको क्रममा क्याथे प्यासिफिकको हङकङस्थित कार्यालय र हङकङको Centre for Health Protection (CHP) सँग समन्वय गरिएको थियो। हङकङको स्वास्थ्य विभागले उपलब्ध गराएको जानकारीअनुसार, प्रभावित यात्रुहरूले नेपालमा खाएको खानाबाट नभई उडानका क्रममा उपलब्ध गराइएको खानाबाट विषाक्तता भएको पुष्टि भएको छ।
उक्त खाना क्याथे प्यासिफिककै Cathay Pacific Catering Services (H.K) Ltd. द्वारा तयार गरिएको थियो। सुरुमा International Food Safety Authorities Network (INFOSAN) को इमेल जानकारीमा २८ जना यात्रुहरू प्रभावित भएको भनिए पनि, हङकङबाट प्राप्त पछिल्लो विवरणअनुसार ४३ यात्रुहरूमा खाद्य विषाक्तताको लक्षण देखिएको पुष्टि भएको छ।
यस घटनालाई गम्भीर रूपमा लिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भविष्यमा यस्ता घटना दोहोरिन नदिन नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा खुवाइने खानाको गुणस्तर र स्वच्छतासम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्न आवश्यक निर्देशन दिएको छ।
विभागले सबै सरोकारवालाहरूलाई उडानका दौरान खुवाइने खानाको भण्डारण तापक्रम, उत्पादन प्रक्रिया, गुणस्तर प्रमाणीकरण (GMP/HACCP/ISO 22000) र क्याटरिङ सेवा प्रदायकको नियमित निरीक्षणलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


