चितवन, २४ माघ । भरतपुर-७, चितवनस्थित अंकुरम एकेडेमीले आफ्नो छैठौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको पहिलो दिनका प्रमुख अतिथि प्रा. डा. नन्दबहादुर सिंह रहनुभएको थियो। उहाँले शिक्षा क्षेत्रको विकासमा अंकुरम एकेडेमीले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई नवीनतम प्रविधि र सीपमूलक शिक्षामा जोड दिनुपर्नेमा बल दिनुभयो।
त्यस्तै, दोस्रो दिनको प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर श्रीमती रेणु दाहाल रहनुभएको थियो। उहाँले विद्यालयले शिक्षा क्षेत्रको स्तरवृद्धिमा खेलेको भूमिकाको सराहना गर्दै विद्यार्थीहरूलाई सिर्जनशील र जिम्मेवार नागरिक बन्न प्रेरित गर्न आग्रह गर्नुभयो। उक्त अवसरमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, कला प्रदर्शनी लगायत विविध मनोरञ्जनात्मक तथा शैक्षिक प्रस्तुति दिएका थिए।
उपस्थित अभिभावक तथा दर्शकहरूले विद्यार्थीहरूको प्रस्तुति अत्यन्तै मनपराएको र कार्यक्रमलाई स्मरणीय बनाएको प्रतिक्रिया दिएका छन्। विद्यालय प्रशासनका अनुसार, यो उत्सवले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने, नयाँ प्रतिभा पहिचान गर्ने र विद्यालय समुदायलाई अझ मजबुत बनाउने लक्ष्य लिएको थियो। कार्यक्रममा विशाल संख्यामा सहभागी भएका अभिभावक, विद्यार्थी र अन्य अतिथिहरूले वार्षिकोत्सव हर्षोल्लासका साथ मनाएका थिए।
अंकुरम एकेडेमीले आगामी दिनहरूमा अझ प्रभावकारी शिक्षण प्रणाली अवलम्बन गर्दै उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


