Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काम गर्नेहरूलाई हावादारी गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
शुक्रबार, माघ २५ २०८१
  • 439
    SHARES

  • images
    काम गर्नेहरूलाई हावादारी गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह

    काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्। शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नं २९ को वडा भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

    images
    images
    images

    ’संविधान जारी गरेको कुरा यो केही होइन भनेर भन्छन्। के गर्दा ठूलो कुरा हुने यहाँ? काम गर्नुहरूलाई त्यसै हावादनरी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ?झ उनले भने, ’तपाईंहामीले होहल्ला गर्ने पछाडिको नियत के हो? त्यो पनि बुझ्नुपर्यो नि। होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने। विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भनेर भन्छन्। छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो? त्यो पनि बुझ्नुपर्यो नि।झ

    उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हो भन्दै प्रश्न पनि गरे। उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गरे।

    त्यस्तै उनले नागरिकको सरकार स्थीर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको दाबी गरे।

    त्यस्तै, फरक सन्दर्भमा उनले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताए। सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे। उनले काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको बताए। उनले अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिए। वडाको प्रशासकीय भवन बनेपछि काठमाडौं २९ को सेवा प्रभावकारी बन्ने पनि सिंहले विश्वास व्यक्त गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ