Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बैंकिङ क्षेत्रविरुद्ध गलत र भ्रामक सूचना फैलाइएकोमा आपत्ति


ग्लोबल पाना
शुक्रबार, माघ २५ २०८१
  • 334
    SHARES

  • images
    बैंकिङ क्षेत्रविरुद्ध गलत र भ्रामक सूचना फैलाइएकोमा आपत्ति

    काठमाडौं। नेपाल राष्ट्र बैंकको नीति तथा नियमनअनुसार चलिरहेका र ग्राहक सुरक्षामा प्रतिबद्धता जनाइरहेका बेला  बैंक तथा वित्तीय संस्थाप्रति पछिल्लो समय फैलाइएका भ्रामक गतिविधिप्रति बैंक तथा वित्तीय संस्था सम्बन्ध चार वटा संस्थाले आपत्ति जनाएका छन्।

    images
    images
    images

    आज नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबान), नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाप्रति भ्रामक गतिविधि र टिप्पणी सार्वजनिक हुँदा यस क्षेको प्रतिष्ठामा क्षति पुग्नेतर्फ सचेत गराएका हुन्।

    विज्ञप्तिमा नेपालका बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त बेसल फ्रेमवर्कअनुसार सञ्चालन गरी वित्तीय स्थायित्व कायम गर्दै आएको उल्लेख छ। यसले वित्तीय प्रणालीप्रतिको जनआस्थालाई बलियो बनाउँदै जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाएको पनि उनीहरूले बताएका छन्।

    हाल सामाजिक सन्जालमा वित्तीय संस्थाहरूको विषयमा अफवाह र भ्रामक टिप्पणी फैलिएको सन्दर्भमा बैंक संघहरूले सबै पक्षलाई तथ्य जाँच गरेर मात्रै धारणा सार्वजनिक गर्न आग्रह गरिएको छ। यस प्रकारका गलत सूचनाले वित्तीय संस्थाको प्रतिष्ठामा क्षति पुर्याउने र आमजनताको विश्वास कमजोर पार्ने जोखिम रहेको ठहर संघहरूको छ।

    विज्ञप्तिमा ग्राहकको निक्षेप सुरक्षित रहेको र उनीहरूको हितलाई केन्द्रमा राखेर वित्तीय सेवा दिइँदै आएको पुनः दोहोर्‍याइएको छ। राष्ट्र बैंकले कार्यान्वयन गरेको निक्षेप बिमा प्रणालीले प्रतिखातावालालाई ५ लाख रुपैयाँसम्मको ग्यारेन्टी दिने उल्लेख गरिएको छ।

    बैंक संघहरूले सही र प्रमाणित सूचनाका लागि आधिकारिक स्रोतमा भर पर्न तथा नेपालको आर्थिक स्थायित्व कायम राख्न सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। वित्तीय संस्थाहरूले जिम्मेवार सेवा प्रदान गर्न र जनताको सम्पत्तिको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    IMG-20250207-WA0007.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ