Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्यो : डीपी अर्याल


ग्लोबल पाना
शुक्रबार, माघ २५ २०८१
  • 222
    SHARES

  • images
    रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्यो : डीपी अर्याल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले रवि लामिछानेपछि सरकारले प्रतिशोध साँधेको बताएका छन्। अर्यालले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले सरकारको रवैयामा संसद्लेसमेत समर्थन गरेको आफूहरुलाई भान भएको बताए।

    images
    images
    images

    सांसद अर्यालले लामिछानेको सांसद पद निलम्बन गरिनु प्रतिनिधि सभाको नियमावली–२०७९ को नियम २४८ को विपरीत रहेको बताए। उनले लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न माग गरेका छन्।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्यो, सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महशुस भएको छ। एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कैपनि चुकाउनुपर्ने छ। झुठा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन्। सरकारको यस्तो रवैयालाई सार्वभौम संसद्ले समर्थन नगरोस्।

    प्रतिनिधि सभाको नियमावली–२०७९ को नियम २४८ को उपनियम ३ को सही प्रयोग होस् भन्न चाहन्छु्। थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न माग गर्दछु,’ उनले भने।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ