काठमाडौं । ५औं हिमालयन इन्टरनेशनल अवार्ड २०२५ तथा जिनियस इन्टरनेशनल एक्सिलेन्स अनर २०२५ आगामी मार्च महिनामा भव्य रूपमा आयोजना हुने भएको छ । नेपाल, मलेसिया, सिंगापुर र थाइल्याण्डका प्रतिष्ठित कलाकारहरूको सहभागितामा यो कार्यक्रम मलेसिया, सिंगापुर र थाइल्याण्डमा सम्पन्न हुनेछ ।
यस कार्यक्रममा विभिन्न विधाका चर्चित कलाकारहरूलाई सम्मान गरिनेछ भने संगीत, नृत्य, अभिनय तथा अन्य क्षेत्रका प्रतिभाहरूलाई विशेष अवार्ड प्रदान गरिनेछ । कार्यक्रम वुमेन्स एरा एन्ड मिडिया ग्रुप नेपाल तथा जिनियस डिजिटल म्युजिक प्रा.लि. द्वारा संयुक्त रूपमा आयोजित गरिएको हो । आयोजकले यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला र संस्कृति प्रवर्धन गर्ने अवसरका रूपमा लिएको बताएका छन् ।
अवार्ड समारोहको तयारी तीव्र रूपमा भइरहेको छ, र चाँडै नै सहभागी कलाकारहरूको नाम सार्वजनिक गरिने जानकारी आयोजकले दिएका छन् ।
कार्यक्रमबारे थप जानकारीका लागि निम्न सम्पर्क नम्बरहरू उपलब्ध छन्ः ९८५१०१६६४२, ९८५१०७०८०७, ९८१३४५१५६९, ९८४१९९०१६६।
.gif)




 x 450 (H) Global Pana.jpeg)


