काठमाडौैं । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विष्णुमति मोटरेबल पुलको अवलोकन गरेका छन् । शुक्रबार कालिमाटी र टेकु जोड्ने उक्त पुलको ज्वालाले अवलोकन गरेका हुन् । अवलोकन गर्दै उनले विष्णुमति मोटरेबल पूलमा देखिएका समस्या समाधान गर्न भौतिक पूर्वाधार समिति तयार रहेको बताएका छन् ।
उनले राजधानीको मुटुमा रहेको विष्णुमति पुल पूर्ण रुपमा बन्दा पनि बन्द हुँदा एक खालको रमिता नै भएको बताए। उनले भने, ‘राजधानीको मुटुमा कालिमाटी र टेकु जोड्ने र अत्यन्त धेरै ट्राफिक चल्ने ठाउँ हो । त्यस्तो ठाउँमा चाँही पुल बनेको छ, तर पुल चाँही बन्द छ । यस्तो हुँदा एक खालको रमिता नै भयो ।
त्यसैकारण कुनै कानूनी अड्चन, कुनै प्रक्रियागत बाधा, कुनै अरु अप्ठ्याराहरु छन् भने त्यो फुकाउन भौतिक पूर्वाधार समिति उपसमितिको सिफारिसमा फुकाउन तयार छ ।’ साथै उनले यो पुललाई सञ्चालनमा ल्याउन हरेक निकायहरुसँग छलफल गर्नुपर्ने बताए । उनले यो पुलको बारेमा छोटो रिर्पोट तयार पारेर समितिमा प्रस्तुत गरिने समेत बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


