Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
सोमबार, माघ २८ २०८१
  • 512
    SHARES

  • images
    नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले हरेक नेपालीको जीवन र जिविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको बताएका छन्। सोनाम ल्होसारको अवसरमा शंकरापुर नगरपालिका वडा नं ४ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन्।

    images
    images
    images

    राजनीति स्थीरता नभए अर्थतन्त्र चलायमान नहुने र विकास निर्मनणको काम पनि हुन नसक्ने आवश्यक्ता बोध गरेरै अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर सरकार बनेको पनि उनले प्रष्ट पारे।

    वर्तमान सरकार राजनीतिक स्थायीत्वका लागि बनेको हो। अर्थतन्त्र चलायमान बनाउन स्थीरता नभइ नहुने हाम्रो अनुभवबाटै अनुभूत गरेका छौं। राजनीतिक स्थायित्वको जगमा हरेक नेपालीको जीवन र जिविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ,झ उपप्रधानमन्त्री सिंहले भने, चुनावमन भिन्न दलको फरक एजेन्डा हुनसक्छ । तर, परिणाम आइसकेपछि विकास निर्माणको काममा सबै राजनीतिक दल, समुदाय, जनप्रतिनिधि मिल्नुपर्छ । प्राथमिकता तय गरेर काम गर्नुपर्छ।

    उनले अहिले आफू देशभर जाँदा विकासका काममा राजनीतिक दलहरू मिलेर अघि बढ्ने राजनीतिक संस्कार देखेको भन्दै खुशी पनि व्यक्त गरे।

    त्यस्तै उपप्रधानमन्त्री सिंहले अधिकारको माग गर्नु जनताको अधिका र भन्दै अधिकारसँगै जिम्मेवारीबोध गर्नुपर्नेमा पनि जोड दिए। धेरै लामो संघर्ष गरेर समावेशी संविधान प्राप्त भएको भन्दै उनले प्राप्त उपलब्धि सुरक्षित गर्न राजनीतिक स्थिरता हुनुपर्ने बताए।

    त्यस्तै उपप्रधानमन्त्री सिंहले चाडपर्वहरू परम्पराको जगेर्ना गर्न, आपसी सद्भाव बढाउन र खुशी साटासाट गर्न महत्वपूर्ण हुने भन्दै ल्होसारको शुभकामना व्यक्त गरे। नेपाल बहुभाषिक,बहुसाँस्कृतिक र बहुजातीय देश भएपनि सबैको पहिचान, भाषा, संस्कृति, पहिचानको सहअस्तित्व स्वीकार्ने नेपाली समाजको सुन्दरता भन्दै यसलाई जोगाउनुपर्नेमा जोड दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ