बीरगंज, माघ २८ । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा आज होटल भिष्वा, बीरगंजमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका प्रतिवेदन पारित गरियो ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय गर्दै २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्यो, जसमा १०% बोनस शेयर र ११.०५% नगद लाभांश (करसहित) समावेश छ । कार्यक्रममा अध्यक्ष संघईले नेपाल लाइफलाई थप सुदृढ बनाउने योजनाबारे धारणा राख्दै डिजिटल रूपान्तरण, संस्थागत सुशासन, सेवा प्रणाली सुधार र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने बताए ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको आगामी योजना र हालसम्मका उपलब्धिहरूबारे जानकारी गराए । नेपाल लाइफको हालसम्मको लगानी २१५ अर्ब रुपैयाँ पुगेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले १ सय ९५ कार्यालयमार्फत सेवा दिँदै आएको छ । हालसम्म २८८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरी ८४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


