Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बाराको फेटामा कोपोमिस सम्बन्धी ३ दिने तालिम सम्पन्न


ग्लोबल पाना
मंगलबार, माघ २९ २०८१
  • 381
    SHARES

  • images
    बाराको फेटामा कोपोमिस सम्बन्धी ३ दिने तालिम सम्पन्न

    बारा, २९ माघ । कोपोमिस सम्बन्धी ३ दिने तालिम मंगलवार सम्पन्न भएको छ । फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा संचालनमा रहेको कोपोमिस सम्बन्धि ३ दिने तालिम फेटा गाउँपालिकाको गा.पा. उपाध्यक्ष निलम साहको अध्यक्षता तथा ईन्जिनियर जाकिर हुसेन अंसारीको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।

    images
    images
    images

    आईतवार देखि शुरु भएको तालिममा गाउँपालिकाका ३० जना सहकारीका अध्यक्ष र व्यवस्थापकहरुको उपस्थिति रहेको थियो । ३ दिनसम्म संचालन भएको तालिममा फेटा गाउँपालिकाका समाजसेवी मनोज साह कलवार, प्रमुख प्रशिक्षक मधु चौधरी, प्रशिक्षक श्रीलाल प्रसाद साह, फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाको शाखा प्रमुख संजय कुशवाहा लगायतले तालिम कार्यक्रममा सहजिकरण गर्नु भएको थियो ।

    सो अवसरमा उपाध्यक्ष साहले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा पालिकाको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । समापन कार्यक्रममा प्रमुख अतिथि ईन्जिनियर अंसारीले सहकारी संघ÷संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्यांक व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता हो भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वासनीय अनलाइन प्रविधि भएको स्पष्ट पर्नुभयो ।

    साथै उहाँले व्यक्तिमा निहित ज्ञानलाई तालिमले समय सापेक्ष र ताजा बनाइराख्ने बताउँदै सहभागीहरुलाई सक्रिय सहभागीतासहित अधिक लाभ लिन आग्रह गर्नुभयो ।

    यस्तै शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष प्रधुम्न साह, नवीनतम् कृषि सहकारी संस्था लि.को सचिव दिपेन्द्र साह, कटेगन माइ कृषि सहकारी संस्था लि.का अध्यक्ष दाउद अंसारी लगायतले सहकारीलाई कोपोमिसमा आवद्ध गर्दा हुने फाइदाका बारेमा चर्चा गर्नु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ