Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमै बसेर विश्वका राम्रा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिन्छ : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
बुधबार, माघ ३० २०८१
  • 282
    SHARES

  • images
    नेपालमै बसेर विश्वका राम्रा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा शिक्षा क्षेत्रमा पहिले भन्दै धेरै सुधार भएको बताएका छन्। बुधबार नेविसंघ पाटन संयुक्त क्याम्पस इकाइले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले राम्रो विषय पढ्नका लागि नेपालमै सम्भव भएको भन्दै देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिने बताए।

    images
    images
    images

    उनले आफू विद्यार्थी हुँदा अध्ययनका लागि सिमित विषय मात्र रहेपनि अहिले विद्यार्थीहरूका लागि विषय छनौटमा धेरै विकल्प रहेको पनि बताए। ‘अहिले शिक्षाको गुणस्तरलाई लिएर प्रश्न गरिन्छ। अहिले तपाईहरूसँग अध्ययनका लागि यति धेरै मल्टिपल च्वाइसेसहरू छन्।

    पहिले त त्यति थिएन,झ उपप्रधानमन्त्री सिंहले भने। उनले आफ्नो बेलामा राम्रो विद्यार्थी विज्ञान, त्यसपछि कमर्श र आर्टसको विकल्प नभएको स्मरण गर्दै भने, अहिले संसारका राम्रा राम्रा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम नेपालकै विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढाइ भइरहेको छ।झ

    उनले अहिले विद्यार्थीले देशभित्रै धेरै विषय रोजेर पढ्न सक्ने अवस्था बनेको बताउँदै प्राप्त अवसरको देशभित्रै बसेर सदुपयोग गर्नेतर्फ ध्यान दिन पनि सुझाव दिए।
    त्यस्तै उनले आफ्नो अगाडि आएको अवसरलाई अधिकतम उपयोग गरेर आफ्नो लक्ष्य हासिल गर्नेतर्फ ध्यान दिनुपर्नेमन पनि जोड दिए।

    नभएका कुरामा गुनासो मात्र गर्ने भन्दा भएका कुरालाई उपयोग गर्नुपर्नेमा उनको भनाइ थियो। किन भएन भनेर प्रश्न गर्न पाइने भन्दै उनले आफ्नो भविष्य निर्माणका लागि प्राप्त कुराहरूको अधिकतम सदुपयोग गर्नेतरणफ पनि सोच्न सुझाव दिए।

    ’भइरहेको कुरालाई त्यति महत्व नदिने तर नभएको कुरालाई यसो भएन, किन भएन भनेर मात्र भएन। मेरो भनाई के हो भने करियर बनाउने तपाईहरूको जुन लक्ष्य छ। त्यसलाई पूरा गर्न अध्ययन गरिरहनुभएको छ। यसलाई अधिकतम सदुपयोग गरेर मेहन गरेर आफ्नो करियर स्थापित गर्न लाग्नुहोस्,झ उनले भने।

    पाटन संयुक्त क्याम्पसमा नेविसंघको पहलमा बनेको पुस्तकालय उपप्रधानमन्त्री सिंहले हस्तान्तरण गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ