Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मन्त्रालयले फागुनभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्दै


ग्लोबल पाना
बुधबार, माघ ३० २०८१
  • 297
    SHARES

  • images
    मन्त्रालयले फागुनभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्दै

    काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुनभरि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ। मन्त्रालयले फागुन १ गतेदेखि एक महिने निःशुल्क परीक्षण अभियान सञ्चालन गरी नसर्ने रोगको समयमा उपचार गर्नुपर्नेसम्बन्धी सचेतना अभिवृद्धि गर्ने जनाएको हो।

    images
    images
    images

    अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार देशभर एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्षमाथिका छन्।

    डा बुढाथोकीले भने, ‘स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षमाथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ। सबै समयमा उपचार गर्नुपर्ने विषयमा आमनागरिकमा सचेतना अभिवृद्धि गराउने छौँ।’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत मङ्सिर १६ गते ‘नसर्ने रोगसम्बन्धी एक महिने अभियान सञ्चालन निर्देशिका’ स्वीकृत गरेका थिए।

    त्यसैगरी फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ