Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बेलायती राजदूतको शिक्षा मन्त्री भट्टराईसंग भेट 


ग्लोबल पाना
बिहीबार , फागुन १ २०८१
  • 410
    SHARES

  • images
    बेलायती राजदूतको शिक्षा मन्त्री भट्टराईसंग भेट 

    काठमाडौ ।  नेपालका लागि बेलायतका  राजदुत Rob Fenn ले  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि बिद्या भट्टराई संग  शिष्टाचार भेट गरेकी छिन् ।  सो अबसरमा  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि भट्टराईले  हाल समक्षताका विषयमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने, यसका लागि विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफल गर्ने बताइन् ।

    images
    images
    images

    मन्त्री भट्टराईले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने तत्परताका साथै शिष्टाचार भेटका लागि  राजदुतको टोलीलाई धन्यवाद व्यक्त गरिन् । भेटका  राजदुत Rob Fenn ले  नेपालको  शिक्षा क्षेत्रमा बेलायत सरकारको तर्फबाट गर्न सकिने सहयोग, बेलायतमा अध्ययन गरी नेपाल फर्किएका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालबाट समक्षता लिनुपर्ने व्यवस्था र यसमा देखिएका जटिलताका बारेमा चासो व्यक्त गरे ।

    नेपालको उत्पादनशिल जनशक्तिलाई स्वदेशमा नै गुणस्तरीय शिक्षा प्रदान गरी रोजगारमुलक बनाउने, नेपालको अर्थतन्त्रमा डायस्पोरालाई जोड्ने विषयमा सहयोग गर्न सकिने लगायतका विषयमा उनले आफ्नो विचार राखे । भेटमा ब्रिटिस काउन्सिलका Country Director: Rustom mody सहित अन्य कुटनैतिक ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ