काठमाडौं । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा माननीय मन्त्रिज्यू र नेपालका लागि स्वीजरल्याण्डका महामहिम राजदुत Danielle Meuwly Monteleone बीच शिष्टाचार भेट भयो। उक्त भेटमा Prof. Dr. Ursul समेतको उपस्थिति रहेको थियो।
सो अवसरमा नेपालको शिक्षा क्षेत्रमा स्वीजरल्याण्ड सरकारको तर्फबाट गर्न सकिने सहयोग, प्राविधिक शिक्षाको सुधारमा नेपालले गरेको प्रगति, सुधारका लागि अवलम्बन गर्नुपर्ने विषयमा छलफल केन्द्रित भयो। माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रिज्यूले नेपाल र स्वीजरल्याण्ड दुवै भूपरिवेष्ठित मुलुक भएको र सन् १९५६ देखि द्विपक्षीय कुटनितिक सम्बन्ध रहेका मुलुक भएको प्रसंङ्ग उल्लेख गर्नुभयो।
नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकाले गरेको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्नुभयो। सो अवसरमा माननीय मन्त्रिज्यूले CTEVT पुनर्संरचनाको कार्य थालनी भएको यसका लागि राष्ट्रिय योजना आयोगका माननीय सदस्यज्यूको नेतृत्वमा गठन भएको टोलीले प्रतिवेदन पेश गरेको र यसको आधारमा उक्त संगठनको सुधार गरिने बतालेउनु भयो।
महामहिम राजदुतले स्वीस सरकारले अन्य विकास साझेदारहरुसँगको Modality सँग तादम्यता हुने गरी शिक्षा क्षेत्रमा समेत SWAP मा सहयोग गर्ने सोच रहेको बताउनु भयो।
समग्र शिक्षा क्षेत्रमा सुधारका लागि हालसम्म प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै माननीय मन्त्रिज्यूले आगामी दिनमा समेत शिक्षा क्षेत्रमा सुधारका लागि स्वीस सरकारबाट आवश्यक स्रोत उपलब्ध हुने अपेक्षा रहेको बताउनु भयो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


