Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री समक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा छानबिन समितिद्वारा प्रतिवेदन प्रस्तुत


ग्लोबल पाना
बुधबार, फागुन ७ २०८१
  • 354
    SHARES

  • images
    प्रधानमन्त्री समक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा छानबिन समितिद्वारा प्रतिवेदन प्रस्तुत

    ६ फागुन, काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विश्वविद्यालयका जग्गाहरूको उपयोग, अतिक्रमणको अवस्था, र संरक्षणसम्बन्धी प्रतिवेदन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई हस्तान्तरण गरियो।

    images
    images
    images

    पाँच सदस्यीय जग्गा खोजबिन समितिले तयार पारेको प्रतिवेदनमा दाङ र देउखुरी क्षेत्रमा रहेको विश्वविद्यालयको ठूलो क्षेत्रफल अतिक्रमणमा परेको र केही जमिन राप्ती नदीले कटान गरेको निष्कर्ष प्रस्तुत गरिएको छ। समितिले अतिक्रमित जमिनको संरक्षण र उपयोगका लागि सरकार र राजनीतिक दलहरूको सहकार्य आवश्यक रहेको सुझाव दिएको छ।

    सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वविद्यालयका सम्पत्तिको संरक्षण र अतिक्रमण रोकथामका लागि आवश्यक कदम चालिने प्रतिबद्धता जनाउनुभएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईज्यूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ