Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रोल्ड ओट्स र मस्यौराको गुणस्तर मापदण्ड स्वीकृत, नेपाल सरकारले राजपत्रमा प्रकाशन गर्ने


ग्लोबल पाना
आइतबार, फागुन ११ २०८१
  • 511
    SHARES

  • images
    रोल्ड ओट्स र मस्यौराको गुणस्तर मापदण्ड स्वीकृत, नेपाल सरकारले राजपत्रमा प्रकाशन गर्ने

    काठमाडौं, फागुन ११ । नेपाल सरकार अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुरूप ‘खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति’ को तेस्रो पूर्ण बैठक सम्पन्न गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न बैठकले रोल्ड ओट्स (Rolled Oats) र परम्परागत नेपाली खाद्य पदार्थ मस्यौरा (Masyaura) का स्वच्छता तथा गुणस्तर मापदण्डलाई परिमार्जन गरी स्वीकृत गर्ने निर्णय गरेको छ।

    images
    images
    images

    समितिको सिफारिस अनुसार, नेपाल सरकारले राजपत्रमा मापदण्ड प्रकाशित गरेपछि यी खाद्य पदार्थहरूको अनुगमन, निरीक्षण, परीक्षण र नियमन सहज हुनेछ। बैठकले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि नियमावली मस्यौदा तयार गरी मन्त्रालयमा पेश गर्ने निर्णयसमेत गरेको छ।

    समितिका सदस्य सचिव एवं विभागका महानिर्देशक संजीव कुमार कर्णका अनुसार, उपभोक्तालाई स्वस्थ तथा सुरक्षित खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले मापदण्ड परिमार्जन गरिएको हो। यस निर्णयसँगै नेपालमा उपभोग गरिने खाद्य पदार्थहरूको गुणस्तरमा थप सुधार आउने अपेक्षा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ