Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्ने


ग्लोबल पाना
बिहीबार , फागुन १५ २०८१
  • 426
    SHARES

  • images
    काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता नविन मानन्धरले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा फागुन १६ र १७ गते ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।

    images
    images
    images

    उनले विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागेको पनि जानकारी दिए । उनले भने,‘कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र संघसंस्थाहरुसंग सहकार्य हुनेछ ।

    विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको छ ।’ उनका अनुसार शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको विम्ब मेलामा समेटिने छन् ।

    प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गर्नेछन् । मेलामा नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिने प्रवक्ता मानन्धरले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ