Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लगानी कोषका योगदानकर्तालाई गंगालाल अस्पतालमा छुट


ग्लोबल पाना
सोमबार, फागुन १९ २०८१
  • 513
    SHARES

  • images
    लगानी कोषका योगदानकर्तालाई गंगालाल अस्पतालमा छुट

    काठमाडौं। नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

    images
    images
    images

    सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा रबी मल्लले हस्ताक्षर गरेका हुन् ।

    सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ