Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ओली अब्बल र लोकप्रिय राजनेता : पूर्वराष्ट्रपति भण्डारी


ग्लोबल पाना
सोमबार, फागुन १९ २०८१
  • 370
    SHARES

  • images
    ओली अब्बल र लोकप्रिय राजनेता : पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नु भएकाे छ । भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्ने कुरामा ओली दृढ रहेको भन्दै प्रशंसा गर्नु भएकाे हाे । सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताउनु भयाे ।

    images
    images
    images

    उहाँले भन्नुभयाे, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो। त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको निम्ति खेल्नुभएको भूमिका एवं आर्थिक समृद्धि हासिल गर्नेलगायतमा उहाँमा रहेको हुटहुटी नजिकबाट नियालेको छु। ओली एक अब्बल र लोप्रिय राजनेता हुनुहुन्छ।’ उहाँले ओली एक कुशल रणनीतिकार समेत भएको बताउनु भयाे ।

    यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा ओलीलाई सबैभन्दा धेरै आलोचनाको पात्र बनाइएको भन्दै यसलाई हटाउन आवश्यक रहेको बताउनु भयाे । उहाँले भन्नुभयाे,‘अहिले प्रहार किन भइरहेको छ, घेराबन्दी किन भइरहेको छ, यो सबैले विमर्श गर्नुपर्ने विषय हो।

    सामाजिक सञ्जालमा समाजमा सबैभन्दा धेरै आलोचनाको पात्र को हो भन्दा केपी ओली भन्ने जुन भाष्य निर्माण भएको छ यसलाई बद्ल्न सकेनौं भने हाम्रो राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन कठिन हुन्छ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ