काठमाडौं, मनमैजु । नुवाकोटका हरिहर पुडासैनीले आफ्नो संघर्षका बलमा काठमाडौंमा ‘शुद्ध तोरीको तेल मिल’ सञ्चालन गरिरहेका छन् । तोरीको शुद्ध तेल उत्पादन गर्दै आएका उनले पछिल्लो ६ वर्षदेखि तोरी प्रशोधन व्यवसायलाई निरन्तर अगाडि बढाइरहेका छन् ।
पुडासैनीले दाङ, बर्दिया, नेपालगन्ज, धनगडी लगायतका जिल्लाहरुवाट तोरी ल्याएर प्रशोधन गरी उपभोक्तालाई शुद्ध तोरीको तेल उपलब्ध गराइरहेका छन् ।
पुडासैनी आगामी दिनमा आफ्नो व्यवसायलाई अझ विस्तार गर्दै लैजान चाहन्छन् । नेपालमै शुद्ध तेल उत्पादन प्रवर्द्धन गर्न नयाँ प्रविधि अपनाउने, विभिन्न जिल्लामा उत्पादन केन्द्र विस्तार गर्ने तथा उपभोक्तासम्म अझ सहज रूपमा गुणस्तरीय तेल पुर्याउने उनको लक्ष्य रहेको छ ।
शुद्ध तोरी तेलको बढ्दो माग र उपभोक्ताको रुचिलाई ध्यानमा राख्दै, उनले नेपालमा प्राकृतिक तेल उद्योगलाई प्रवर्द्धन गर्नु पर्ने बताउछन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


