काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले आफूलाई सरकारले कार्यसम्पादनमा मूल्याङ्कनमा शून्य दिएको कुराले कुनै माने नराख्ने बताएका छन् । बुधबार नेपाल विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सय वा शून्य अंकले केही फरक नपार्ने बताएका हुन् ।
‘मलाई शून्य दिएपनि, सय दिएपनि त्यसले पनि माने राख्दैन,’– उनले भने । साथै, सरकारले आफूलाई आज हो कि भोलि हो गरेर हटाउने भन्ने हल्ला आइरहेको उनले बताए । आफूले अन्तिम मिनेटसम्म जिम्मेवारीमा रहेर काम गर्ने उनले बताए ।
सरकारले अहिलेसम्म आफूलाई ५/६ वटा स्पष्टीकरण सोधिसकेको र त्यसमा जवाफ पनि पठाएको उनले बताए । ‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईँहरुले सुन्नुभएको होला । लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


