वर्दिवास, महोतरी । राष्ट्रिय उपभोक्ता मञ्चले बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको सहकार्यमा उपभोक्ता जागरण कार्यक्रम अन्तर्गत उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
यो कार्यक्रम जनता माध्यमिक विद्यालय, वडा नं. २, वर्दिवास नगरपालिका, महोतरीमा आयोजित गरिएको थियो। कार्यक्रमको उद्देश्य उपभोक्ताहरूलाई उनीहरूको अधिकार र कर्तव्यबारे सचेत बनाउनु थियो ।
साथै, यसले विद्यार्थीहरूलाई उपभोक्ता अधिकारको संरक्षण र गुणस्तरीय सेवाको प्राप्तिका लागि आवश्यक जानकारी प्रदान गर्ने प्रयास गरेको छ । कार्यक्रममा विद्यालयका विद्यार्थीहरू, शिक्षकहरू र स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूलाई उपभोक्ता संरक्षणका विविध पहलु र यसको महत्त्वबारे विस्तृत जानकारी दिदै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भन्नुभयाे, "यो कार्यक्रम उपभोक्तालाई जानकारी र सचेत बनाउने हाम्रो निरन्तर प्रयासको हिस्सा हो । हामीले यहाँका विद्यार्थीहरूलाई उपभोक्ता अधिकार र सुरक्षा सम्वन्धी महत्त्वपूर्ण पाठ दिन चाहेका छौं । यस कार्यक्रमले स्थानिय समुदायमा उपभोक्ता चेतनाको वृद्धि गर्नेछ ।"
.gif)




 x 450 (H) Global Pana.jpeg)


