Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत


ग्लोबल पाना
मंगलबार, फागुन २७ २०८१
  • 608
    SHARES

  • images
    गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत

    महोत्तरी। जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताएका छन्। सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएता पनि ठूला दलहरु भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने उनले जिकिर गरे। ’हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ,झ अध्यक्ष डा. राउतले भने, ’जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौ तर समाजवादी गणतन्त्र भने हैन।

    images
    images
    images

    महोत्तरीको बर्दिवासमा तीन दिनदेखि जारी केन्द्रीय समितिको वैठकको समापनको क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरुले टाउको उठाएको पनि दावी गरे। शुसासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको बताउँदै उनले गणतन्त्र रक्षाको लागि ठूला दलहरु नै सुध्रनुपर्ने धारणा राखे।

    अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको प्रदर्शनलाई लिएर भने फरक मत राखेका छन्। पर्दशन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिँदै उनले नेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवस्यक भएको दोर्‍याए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ