Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जनताले निरंकुशता खोजेका छैनन्‌ : अध्यक्ष थापा


ग्लोबल पाना
मंगलबार, फागुन २७ २०८१
  • 341
    SHARES

  • images
    जनताले निरंकुशता खोजेका छैनन्‌ : अध्यक्ष थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन्। “लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन। त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन,” थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

    images
    images
    images

    गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन विमानस्थल आसपासमा र्‍याली निकालिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वनिर्धारित आमसभा स्थगित गरेर पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई प्राथमिकता दिएको थियो। आइतबारको र्‍यालीपछि राजतन्त्र समर्थकहरू उत्साहित देखिएका छन्। यसअघि प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शासन सत्ता त्याग्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए।

    उनले राजगद्दी त्याग्नुलाई कमजोरी नठान्न राजनीतिक दलहरूलाई चेतावनी समेत दिएका थिए। राजधानीमा भएको राजतन्त्र पक्षधरहरूको शक्ति प्रदर्शनपछि निरंकुश राजतन्त्रको वकालत भएको भन्दै आलोचना भइरहेको छ। नेकपा माओवादी केन्द्रले विरोध प्रदर्शनको तयारी गरिरहेको छ भने समाजवादी मोर्चामा समेत यसबारे छलफल भएको छ।

    यही परिस्थितिमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू निरंकुश राजतन्त्रको विपक्षमा रहेको बताएका छन्। उनले भने, “हामी राजासहितको लोकतन्त्रको पक्षमा छौं।” उनले बेलायत, जापान, नर्वे जस्ता देशहरूको उदाहरण दिँदै राजासहितको प्रजातन्त्र विश्वमा सफल भएको दाबी गरेका छन्। थापाले भने, “सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ