Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


ग्लोबल पाना
बुधबार, पुस २७ २०७९
  • 203
    SHARES

  • images
    प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज साँझ अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालले मङ्गलबार संसद्बाट विश्वासको मत पाएपछि आज अध्यक्ष ओलीसँग भेट गरेका हुन् । विश्वासको मत पाएछि मन्त्रिपरिषद्लाई पूणर्ता दिने गृहकार्य सुरु भएको छ ।

    मङ्गलबार प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ