Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

थापाथली क्याम्पसका विद्यार्थी प्रजेश श्रेष्ठले पाए श्री शंकरलाल अग्रवाल गोल्ड मेडल २०८१


ग्लोबल पाना
बिहीबार , फागुन २९ २०८१
  • 492
    SHARES

  • images
    थापाथली क्याम्पसका विद्यार्थी प्रजेश श्रेष्ठले पाए  श्री शंकरलाल अग्रवाल गोल्ड मेडल २०८१

    काठमाण्डौं । इन्ष्टिच्युट अफ इञ्जिनियरिंग (आईओई), थापाथली क्याम्पसले आफ्नो ५९औँ बर्षिक समारोहका शुभ अवसरमा आफ्नै क्याम्पस प्रांगणमा एक भब्य कार्यक्रमको आयोजना गरेको छ । बुधवार इन्ष्टिच्युट अफ इञ्जिनियरिंग (आई.ओ.ई), थापाथली क्याम्पसले आफ्नो ५९औँ बर्षिक समारोह समापन भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

    images
    images
    images

    कार्यक्रममार्फत बि.सं. २०८१ सालको त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिंग संकायको परिक्षामा इञ्जिनियरिंग संस्थान, थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल प्रजेश श्रेष्ठलाई सम्मानित गरिएको छ । शैक्षिक उत्कृष्टता प्रदर्शित गर्दै इञ्जिनियरिंग संस्थान, थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल उनलाई “श्री शंकर लाल अग्रवाल स्वर्ण पदक बि.सं. २०८१”, प्रमाणपत्र का साथै नगद रु. ५१ हजार पुरस्कारका साथ सम्मानित गरिएको हो ।

    इ.अ.सं., डीन प्रा. डा. सुशील बहादुर बज्राचार्यज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विशेष अतिथीका रुपमा शंकर ग्रुपका निर्देशक–संचालन तथा मार्केटिङ्ग श्री रवि प्रकाशज्यूका साथै ईन्ष्टिच्युट अफ इञ्जिनियरिंग, थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा. खेम ज्ञवली लगायतको गरिमामय उपस्थिती रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ