Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ज्ञान ज्योति आधारभूत विद्यालयमा NAWES द्वारा पशु कल्याण शिक्षा कार्यक्रम


ग्लोबल पाना
सोमबार, चैत ४ २०८१
  • 1,027
    SHARES

  • images
    ज्ञान ज्योति आधारभूत विद्यालयमा NAWES द्वारा पशु कल्याण शिक्षा कार्यक्रम

    काठमाडौं । नेपाल पशु कल्याण तथा वातावरण समाज (NAWES) ले ज्ञान ज्योति आधारभूत विद्यालयमा पशु कल्याण सम्बन्धी जनचेतनामूलक शिक्षा प्रदान गरेको छ ।

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापक लक्ष्मण सुवेदीको समन्वयमा कक्षा ७ र ८ का विद्यार्थीहरूलाई पशु कल्याण, नैतिक पालनपोषण, तथा वातावरणमैत्री व्यवहारबारे जानकारी दिइएको थियाे । कार्यक्रममा प्रशिक्षकहरूले पशुप्रति हाम्रो जिम्मेवारी, गैरमानवीय व्यवहारको असर र समाजमा सकारात्मक परिवर्तन ल्याउने उपायहरूबारे विद्यार्थीहरूसँग छलफल गरेका थिए ।

    सहभागी विद्यार्थीहरूले यस विषयप्रति चासो देखाउँदै आफ्ना अनुभव र जिज्ञासा राखेका थिए । प्रधानाध्यापक सुवेदीका अनुसार यस्तो कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि नै पशुप्रति दयालु बन्न प्रेरित गर्छ । “हाम्रो विद्यालयमा विद्यार्थीहरूलाई नैतिक शिक्षासँगै पशु कल्याणका बारेमा सचेत बनाउनु अत्यन्त आवश्यक छ,“ उनले भने ।

    NAWES ले नेपालभरि पशु कल्याणसम्बन्धी जनचेतना अभिवृद्धिका लागि विभिन्न विद्यालय तथा समुदायस्तरमा कार्यक्रम गर्दै आइरहेको छ । संस्थाका प्रतिनिधिले अन्य विद्यालयहरूमा पनि यस्ता सचेतनामूलक अभियान सञ्चालन गर्दै आएकाे र आगामी  दिनमा देशव्यापी रुपमा सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको जानकारी गराए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ