Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कलाकार आकाश कार्कीको ‘अर्को जुनी’ संगीतप्रेमीबीच चर्चामा


ग्लोबल पाना
शुक्रबार, चैत ८ २०८१
  • 652
    SHARES

  • images
    कलाकार आकाश कार्कीको ‘अर्को जुनी’ संगीतप्रेमीबीच चर्चामा

    काठमाडौं । नेपाली संगीत उद्योगमा लगातार हिट गीतहरू पस्किंदै आएका कलाकार आकाश कार्कीले कालो केशमा, रेलिमाई २ देखि ऐना हेरी हेरी जस्ता सुपरहिट गीतमार्फत दर्शक-श्रोतालाई मोहित पारिसकेका छन्। अब, उनी आफ्नो नयाँ गीत अर्को जुनी लिएर पुनः दर्शकमाझ आएका छन्, जुन झन् बबाल बनेको छ।

    images
    images
    images

    यस गीतमा आधुनिक शैलीको संगीत र भावनात्मक शब्दहरू समेटिएको छ, जसले प्रेम र बिछोडको कथा बयान गर्छ। आकाश कार्कीको दमदार प्रस्तुति र गीतको मनछुने लयले श्रोताहरूको मन जित्दैछ। विशेषगरी, आकाश कार्की धेरै गीतमा अभिनय नगर्ने तर “थोरै होस्, राम्रो होस्” भन्ने सोच राख्ने कलाकार हुन्। उनले फुर्सदिलो तरिकाले छानिएका उत्कृष्ट गीतहरूमा मात्र काम गर्ने गरेका छन्। अर्को जुनी पनि त्यही सोचअनुसार उत्कृष्ट टिमसँग मिलेर तयार पारिएको गीत हो।

    गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ, जसमा कार्कीको दमदार अभिनय देख्न सकिन्छ। सामाजिक सञ्जालहरूमा गीतको चर्चा तीव्र छ, र छोटो समयमा नै लाखौं भ्युज बटुल्न सफल भएको छ। दर्शकहरू गीतको लय, शब्द र प्रस्तुतिलाई लिएर सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। आकाश कार्कीका अनुसार, “यो गीत मेरो लागि निकै विशेष छ। दर्शकहरूले मन पराइदिनुभएकोमा म धेरै उत्साहित छु।

    आगामी दिनमा अझ उत्कृष्ट सिर्जना लिएर आउनेछु।” संगीतप्रेमीहरूका लागि अर्को जुनी अर्को हिट नम्बर बन्ने संकेत देखिएको छ। यदि तपाईंले अहिलेसम्म यो गीत सुन्नुभएको छैन भने, एकपटक अवश्य सुन्नुहोस्!

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ