Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा औद्योगिक ट्रान्स फ्याटको नियमन : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्यो नयाँ पहल


ग्लोबल पाना
शुक्रबार, चैत ८ २०८१
  • 1,144
    SHARES

  • images
    नेपालमा औद्योगिक ट्रान्स फ्याटको नियमन : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्यो नयाँ पहल

    काठमाडौं । नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको मात्रालाई नियमन गर्न नयाँ पहल थालेको छ । विभागले हालै सार्वजनिक गरेको प्रेस नोटअनुसार, अब खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको २ प्रतिशतभन्दा बढी ट्रान्स फ्याट हुन नपाइने मापदण्ड लागू गरिएको छ ।

    images
    images
    images

    उक्त मापदण्ड नेपाल राजपत्र को २०७८/०५/२५ को अंकमा प्रकाशित खाद्य पदार्थ गुणस्तर मापदण्डअनुसार तय गरिएको हो । विभागले नेपालमा उपलब्ध खाद्य पदार्थहरूको ट्रान्स फ्याट मात्रा परीक्षण गरी २०७९/०४/२२ देखि निगरानी थालेको जनाएको छ । विभागका महानिर्देशक सञ्जीव कुमार कर्णका अनुसार, यस अभियानलाई प्रभावकारी बनाउन WHO Nepal सँग सहकार्य गरी ट्रान्स फ्याटको परीक्षण, नियमन र आवश्यक सुधारको काम भइरहेको छ ।

    विभागले हालै CG-FID प्रविधि प्रयोग गरी ट्रान्स फ्याटको मात्रालाई विश्वसनीय ढंगले परीक्षण गर्न सक्ने क्षमताको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार, अत्यधिक ट्रान्स फ्याट सेवनले मुटु सम्बन्धी रोग, उच्च रक्तचाप र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउने जोखिम रहन्छ । ट्रान्स फ्याटको अधिकतम सीमा निर्धारण गरी त्यसको परीक्षणलाई प्रभावकारी बनाउन विभागले कडाइ गर्ने बताएको छ ।

    विभागले सबै खाद्य उत्पादक, आयातकर्ता, थोक तथा खुद्रा विक्रेताहरूलाई नयाँ मापदण्ड अनुसार खाद्य उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन दिएको छ । यदि कोही व्यवसायीले यो मापदण्ड उल्लङ्घन गरेको पाइएमा, खाद्य ऐन २०२३ अनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ