Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित


ग्लोबल पाना
सोमबार, चैत ११ २०८१
  • 351
    SHARES

  • images
    देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादीहरू आक्रोशित भएका छन्। हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पूर्वराजा शाह संबैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिएपछि राजावादीहरू आक्रोशित भएका हुन्।

    images
    images
    images

    राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले सभापति देउवाको उक्त भनाइ प्रति रोश प्रकट गरेका छन्। ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो, माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ, राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ,’ शाहीको आक्रोश छ, ‘त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग सपथ खाँदै बन्नुभएको हो?

    जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू, यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ? हिम्मत छ?’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ