काठमाडौं । सिपयुक्त जनशक्ति उत्पादन र व्यवसायिक शिक्षालाई उद्योग तथा रोजगारसँग एकीकृत गर्ने विषयमा तीन मन्त्रालयका मन्त्रीहरू, सम्बन्धित सचिवहरू तथा अधिकारीहरूको उपस्थितिमा विशेष छलफल सम्पन्न भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको नेतृत्वमा भएको बैठकमा व्यवसायिक शिक्षा र तालिमलाई श्रम बजारको आवश्यकतासँग जोडेर प्रभावकारी रूपमा लागू गर्ने विषयमा गहन छलफल गरिएको थियो ।
छलफलका क्रममा, सिपयुक्त जनशक्ति उत्पादनलाई व्यवस्थित गर्ने, उद्योग तथा श्रम बजारको मागअनुसार तालिम कार्यक्रम सञ्चालन गर्ने, र युवाहरूलाई स्वरोजगारमुखी बनाउने रणनीति अवलम्बन गर्नुपर्ने सुझावहरू प्रस्तुत गरिएका थिए । साथै, व्यवसायिक शिक्षालाई व्यवहारिक र रोजगारीमूलक बनाउन उद्योगसँगको सहकार्यलाई मजबुत बनाउने विषयमा मन्त्रालयहरूबीच सहमति बनेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, शिक्षा नीति र श्रम बजारबीचको समन्वयलाई बलियो बनाउन, सिपयुक्त तालिमलाई प्राथमिकता दिन र व्यावसायिक शिक्षालाई प्रभावकारी ढंगले लागू गर्न सरकार गम्भीर रहेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


