Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

असामयिक निधनले स्तब्ध: अध्यक्ष तिलबहादुर कार्कीकी श्रीमतीलाई भावपूर्ण श्रद्धाञ्जली


ग्लोबल पाना
बुधबार, चैत १३ २०८१
  • 546
    SHARES

  • images
    असामयिक निधनले स्तब्ध: अध्यक्ष तिलबहादुर कार्कीकी श्रीमतीलाई भावपूर्ण श्रद्धाञ्जली

    उर्लाबारी, मोरङ् : संयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीकी श्रीमती लिला कार्कीको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ । ४९ वर्षीया कार्की रोजगारीका लागि मालदिभ्समा रहँदा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    images
    images
    images

    १६ वर्षदेखि विदेशमा कार्यरत उहाँको निधनपछि शोकको छायाँ छाएको छ । शव नेपाल ल्याइपुर्याउन केही समय लागेकाले परिवारजन थप पीडामा छन् । निधन भएको ६ दिनपछि मात्र शव नेपाल आइपुगेको हो ।

    उहाँका दुई छोरी र एक छोरा छन् । शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली ।

    मलामी जाने सम्बन्धी सूचना

    उर्लाबारी वडा नं. १, मेचेडाँगीस्थित बालज्योति आ.वि. का विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्बर कार्कीका भाई तिल ब. कार्कीकी श्रीमती लिला कार्कीको वैदेशिक रोजगारको सिलसिलामा माल्दिभ्समा रहँदा मिति २०८१/१२/०९ मा असामायिक निधन भएको दुःखद खबर प्राप्त भएको छ।

    स्व. लिला कार्कीको अन्त्येष्टि मिति २०८१/१२/१४ गते कन्काई माईमा गरिने भएकोले बिहान ९:०० बजे नै घरबाट मलामी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । अतः सम्पूर्ण आफन्त, छरछिमेक तथा शुभेच्छुक महानुभावहरूलाई मलामीमा उपस्थित भई दिवंगत आत्माको चिरशान्तिका लागि हार्दिक अनुरोध गरिन्छ । -शोकाकुल परिवार

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ