Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विद्यालय शिक्षा विधेयक अघि बढाउने विषयमा मन्त्रालयस्तरीय छलफल


ग्लोबल पाना
शुक्रबार, चैत १५ २०८१
  • 497
    SHARES

  • images
    विद्यालय शिक्षा विधेयक अघि बढाउने विषयमा मन्त्रालयस्तरीय छलफल

    काठमाडौं । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, प्रमुख दलका मुख्य सचेतकहरू र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिबीच विद्यालय विधेयकको विषयमा छलफल भएको छ ।

    images
    images
    images

    छलफलमा सहभागी सबै दलले विधेयकलाई तत्काल अघि बढाउन आफ्नो दल सकारात्मक रहेको बताएका छन्। उनीहरूले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई यस विधेयकमाथि द्रुत गतिमा काम अगाडि बढाउन आग्रह गरेका छन्। साथै, विधेयकलाई निष्कर्षमा पुर्याउन आवश्यक पर्ने सहजीकरण गर्ने आश्वासन पनि उनीहरूले दिएका छन्।

    उक्त छलफलमा हाल शिक्षा विधेयकका सन्दर्भमा भइरहेको शिक्षक आन्दोलनको विषयमा समेत कुराकानी भएको थियो। सहभागीहरूले शिक्षकहरूसँग यसअघि सरकारले गरेका सम्झौताहरूलाई विधेयकमा सम्बोधन गर्न सुझाव दिनुभएको छ । शिक्षा मन्त्रालयमा भएको यो छलफलले विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    अब प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यस विषयमा थप छलफल गरी विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अगाडि बढाउनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ