Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा विधेयकमा बालबालिकाको सुझावः सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न माग


ग्लोबल पाना
शुक्रबार, चैत २२ २०८१
  • 354
    SHARES

  • images
    शिक्षा विधेयकमा बालबालिकाको सुझावः सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न माग

    “जसको सवालः उसैको सहभागिता; जसको सवालः उसैको आवाज” भन्ने नारासहित बालबालिकाले विधेयकमा प्रत्यक्ष सहभागिता जनाए

    काठमाडौं । शिक्षा विधेयकको मस्यौदा निर्माण प्रक्रियामा बालबालिकाहरूले प्रत्यक्ष सहभागिता जनाउँदै आफ्ना सरोकारका मुद्दाहरू समेट्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई समक्ष सुझाव प्रस्तुत गरेका छन् । देशका विभिन्न भाग—कर्णाली र मधेश प्रदेशका जाजरकोट, दैलेख, कालीकोट, सर्लाही, सप्तरी र महोत्तरी जिल्लाबाट आएका बालबालिकाहरूको सहभागी उक्त छलफल कार्यक्रममा उनीहरूले सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षाका लागि आफ्ना अनुभव र मागहरू राखेका थिए ।

    images
    images
    images

    बालबालिकाले पेश गरेका मुख्य सुझावहरूमा सुरक्षित शिक्षण वातावरण सुनिश्चित गर्न यौन उत्पीडन, जातीय भेदभाव, छुवाछुतजस्ता विषयमा कडा कानुनी व्यवस्था हुनुपर्ने, सबै विद्यालयमा दिवा खाजा, पिउने पानी, सफा शौचालय र आपतकालीन संरचना अनिवार्य गर्नुपर्ने माग समावेश छन् । समावेशी शिक्षाको सवालमा, अपांगता भएका र विपन्न समुदायका बालबालिकालाई सामग्रीसहितको निशुल्क शिक्षा सुनिश्चित गर्नुपर्ने, दलित तथा पछाडि पारिएका वर्गका विद्यार्थीलाई विभेदरहित शिक्षा दिनुपर्ने सुझाव दिइयो ।

    शिक्षक र शैक्षिक प्रणाली सुधारतर्फ, विषयगत शिक्षकको अनिवार्य उपस्थिति, सीपमूलक शिक्षा प्रणाली र परीक्षाको तनाव घटाउने उपाय, शिक्षकद्वारा हुने मानसिक र शारीरिक दुर्व्यवहार रोक्न कडा आचारसंहिताको कार्यान्वयन आवश्यक भएको उल्लेख गरियो ।

    बालबालिकाले सामाजिक चुनौतीहरू समाधानका लागि बालविवाह, लैङ्गिक असमानता न्यूनीकरण, अभिभावक अभिमुखीकरण कार्यक्रम र विपद्प्रभावित विद्यालयहरूमा मनोसामाजिक परामर्श केन्द्र स्थापनाको माग पनि गरे। कार्यक्रममा मन्त्री भट्टराईले बालबालिकाको सुझावलाई “भविष्यको नभई वर्तमानको आवश्यकता“ भन्दै शिक्षा विधेयकमा यथासम्भव समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले केही सुझावहरू मस्यौदामा पहिल्यै समावेश भइसकेको र बाँकीका विषयमा मन्त्रालयले गम्भीर ढंगले कार्य अघि बढाउने जानकारी दिनुभयो ।

    त्यस्तै, विद्यार्थीमाथि शिक्षकबाट हुने उत्पीडन लुकाउने प्रवृत्तिलाई अन्त्य गरी कानुनी कारबाही सुनिश्चित गर्ने, बालमैत्री विद्यालय स्थापनामा स्थानीय तह र सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्ने, र शिक्षा नीति निर्माणमा बालबालिकाको आवाजलाई प्राथमिकता दिने मन्त्री भट्टराईको भनाइ थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ