Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बिहान खाली पेट मेथीपानी स्वास्थ्यका लागि निकै लाभदायक


ग्लोबल पाना
बुधबार, चैत २७ २०८१
  • 524
    SHARES

  • images
    बिहान खाली पेट मेथीपानी स्वास्थ्यका लागि निकै लाभदायक

    काठमाडौं । आयुर्वेद र घरेलु उपचारमा मेथी शताब्दीयौंदेखि प्रयोग हुँदै आएको छ। मेथीको दाना पनि खानाको स्वाद बढाउन प्रयोग गरिन्छ। तर, के तपाईंलाई थाहा छ कि भुटेको मेथीको दानाको धुलो पानीमा मिसाएर पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ।

    images
    images
    images

    हो, मेथीको दाना भुटेर पानीमा पिउनाले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या हटाउन र बच्न मद्दत गर्छ। भुटेको मेथीको दानाको धुलो पानीमा मिसाएर पिउनुका फाइदाहरू जानौं।

    पाचन प्रणाली बलियो बनाउन

    मेथीमा प्रशस्त मात्रामा फाइबर हुन्छ। यसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ। भुटेको मेथीको धुलो मनतातो पानीमा सेवन गर्दा कब्जियत, ग्याँस र एसिडिटीको समस्याबाट मुक्ति मिल्छ। यसले आन्द्रा सफा गरेर पेटलाई स्वस्थ राख्छ।

    मधुमेह नियन्त्रणमा सहयोगी

    मेथीमा ग्यालेक्टोमनन नामक घुलनशील फाइबर हुन्छ। यसले रगतमा चिनीको अवशोषणलाई कम गर्छ। यस बाहेक यसमा एमिनो एसिड पनि हुन्छ। जसले इन्सुलिन स्रावलाई बढावा दिन्छ। भुटेको मेथीको धुलो पानी नियमित पिउनाले रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ।

    वजन घटाउन सहयोगी

    मेथीको पानीले मेटाबोलिज्म बढाउँछ र भोक नियन्त्रण गर्छ। यसमा पाइने फाइबरले पेट लामो समयसम्म भरिएको महसुस गराउँछ, जसले क्यालोरी खपत कम गर्छ। यसले बोसो जलाउन पनि मद्दत गर्छ।

    कोलेस्ट्रोल घटाउन सहयोगी

    मेथीको दानामा सेपोनिन्स र फाइबर हुन्छ। यसले खराब कोलेस्ट्रोल घटाउँछ र राम्रो कोलेस्ट्रोल बढाउँछ। यसले हृदय रोगको जोखिम कम गर्छ र धमनीमा अवरोधको समस्या हुँदैन। छालाको लागि लाभदायक मेथीमा एन्टी–इन्फ्लेमेटरी र एन्टि अक्सिडेन्ट गुण हुन्छ, जसले छालाको समस्या जस्तै डन्डिफोर, चाउरी र दाग हटाउँछ। यसको पानी पिउनाले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निस्कन्छ, जसले छालालाई चम्किलो बनाउँछ। जोर्नी दुखाइबाट राहत मेथीमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले गठिया र जोर्नी दुखाइबाट राहत दिन्छ। यसलाई नियमित रूपमा पिउनाले हड्डी बलियो हुन्छ र सुन्निने समस्या कम हुन्छ।

    महिला स्वास्थ्यको लागी लाभदायक

    मेथीको पानी महिलामा हर्मोनल असन्तुलन, महिनावारीको दुखाइ र रजोनिवृत्तिको लक्षणलाई कम गर्न निकै फाइदाजनक हुन्छ। यसले प्रजनन स्वास्थ्यमा पनि सुधार गर्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी मेथीमा भिटामिन सी, जिंक र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ।

    यसलाई नियमित रूपमा पिउनाले रुघाखोकी र संक्रमणको जोखिम कम हुन्छ।

    मेथीको पानी कसरी बनाउने?

    – मेथीको दानालाई हल्का भुटन्नुहोस् र पिस्नु होस्।

    – एक गिलास मनतातो पानीमा आधा चम्चा मेथीको धुलो मिलाउनु होस्।

    – यसलाई बिहान खाली पेटमा पिउनुहोस्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ