Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘अहिलेको जस्तो वायु प्रदूषणले क्यान्सर, हार्ट डिजीज र पक्षघातको जोखिम बढाउँछ’ : डा. यादव छाती तथा दम रोग विशेषज्ञ


ग्लोबल पाना
बुधबार, चैत २७ २०८१
  • 459
    SHARES

  • images
    ‘अहिलेको जस्तो वायु प्रदूषणले क्यान्सर, हार्ट डिजीज र पक्षघातको जोखिम बढाउँछ’ : डा. यादव छाती तथा दम रोग विशेषज्ञ

    अहिले काठमाडौँको वायु प्रदूषण बढिरहेको छ । यसको मापन गर्ने इकाइलाई ‘पीएम’ भनिन्छ । पीएम भनेको ‘पार्टिकुलेट म्याटर’ हो । मानव स्वास्थ्यमा यसको मात्रा इक्वायल टू २.५ भन्दा कम भयो भने हानिकारक मानिन्छ । यो फोक्सोमा बस्ने भएकाले यसले अरु रोगहरु पनि बढाउँछ ।

    images
    images
    images

    खासगरी, दीर्घरोगी, महिला र बालबालिकालाई बढी असर गर्छ । वातावरण प्रदूषणको मापक इकाई विश्वब्यापी रुपमै ‘एक्यूआई’ हो । यो भनेको ‘एअर क्वालिटी इन्डेक्स’ हो । यस अनुसार अहिले काठमाडौँ एक नम्बरमा सम्म देखिएको छ । एक्यूआई २ सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।

    विश्वभरीको तथ्यांक हेर्ने हो भने दक्षिण एशिया, पूर्वी एशिया र उत्तर अफ्रिका वायु प्रदूषणका दृष्टिकोणले बढी प्रभावित मानिन्छन् । वायु प्रदूषणकै कारण वार्षिक ५० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । जुन निकै भयानक अवस्था हो । यसरी मृत्यु हुने ५० लाखमध्ये ८९ प्रतिशत मानिस गरिब देशका अर्थात् कमजोर अर्थतन्त्र भएका देशका हुने गरेको देखिन्छ ।

    यसरी मानव स्वास्थ्यका लागि हानिकारक हुने गरी वायु प्रदूषण हुनुमा सवारी साधनबाट निस्कने धुँवा, औद्योगिक गतिविधिबाट निस्कने धुँवा धुलो, वनमा लाग्ने डढेलो, दाउरा तथा घरायसी प्रयोजनमा स्टोभको प्रयोग र निर्माणजन्य कामका क्रममा निस्कने धुँवा धुलो बढी कारक मान्छिन् ।

    यस्ता गतिविधिबाट कार्बनमोनोअक्साइड, ओजोन र सल्फरडाइअक्साइड जस्ता मुख्य हानिकारक पदार्थ निस्कने भएकाले मानव स्वास्थ्यलाई असर गर्छ । वायु प्रदूषण हुँदा विभिन्न रोगहरु लाग्ने र लागिसकेकाको हकमा उच्च जोखिम हुन जान्छ । फोक्सो सम्बन्धि रोगमा दमको जोखिम बढाउँछ । विश्व स्वास्थ्य सङ्गठनको अध्ययन अनुसार यस्तो प्रदूषणले दमका रोगीहरुमा ‘प्री म्याचुअर्ड डेथ’को जोखिम २३ प्रतिशतले बढाउँछ ।

    अर्थात्, दम रोग लागेपनि अझै केही वर्ष मानिस बाँच्न सक्ने अवस्था हुँदाहुँदै पनि यस्तो प्रदूषणले त्यो सम्भावना कमजोर बनाउँछ र मानिसको मृत्यु हुन सक्छ । यस्तै, यस्तो प्रदूषणले धुम्रपान नगर्ने व्यक्तिहरुमा पनि फोक्सोको क्यान्सर हुने जोखिम बढाउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार धुम्रपान नगर्ने तर, फोक्सोको क्यान्सर लागेकाहरुमध्ये यस्तो प्रदूषणले ६ प्रतिशतमा ‘प्री म्याचुअर्ड डेथ’को जोखिम रहन्छ ।

    यी बाहेक, आस्थमा, एलर्जी, आँखा–नाक–घाँटीमा समस्या आउने जस्ता कुरा पनि छन् । सँगै, मुटुमा पनि प्रभाव पर्छ । ‘हर्ट अट्याक’को जोखिमसँगै रक्तनली साँघुरिने हुँदा ‘इस्केमिक हार्ट डिजीज’को जोखिम बढाउँछ । मुटु सम्बन्धि रोगबाट हुने मृत्युदरमा यस्तो प्रदूषणले १२ प्रतिशत जोखिम बढाउने अध्ययनले देखाएको छ ।

    यस्तै, पक्षघातको पनि जोखिम बढाउँछ । वायु प्रदूषणले पक्षघातको जोखिम २३ प्रतिशतले बढाउने र पक्षघातका बिरामीमा ‘प्री म्याचुअर्ड डेथ’को जोखिम अन्यको तुलनामा १२ प्रतिशतले बढाउने विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले देखाएको छ । स्वास नलीमा हुने इन्फेक्सनमा पनि यस्ता खालका वायु प्रदूषणले सामान्य अवस्थाको तुलानामा २१ प्रतिशतले जोखिम बढाउँछन् । यसकारण अहिलेको अवस्था भयाबह छ, यसलाई ठूलो महत्व दिएर बच्ने उपायतर्फ केन्द्रित हुनु आवश्यक देखिन्छ ।

    प्रदूषण कम गर्न के गर्न सकिन्छ ?

    सबैभन्दा पहिला त नीति नै चाहिन्छ । अर्को कुरा, जति पनि धुँवा निस्कने गतिविधि हुन्छन्, तिनलाई कम गर्नुपर्छ । काठ, दाउरा नजलाउने, डिजेल मट्टितेलको प्रयोग घटाउँदै लैजाने गर्नुपर्छ । साथै, सवारी साधनमा प्रदूषण मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नु आवश्यक देखिन्छ । मापदण्डभन्दा बढी धुँवा फाल्ने सवारी साधनको प्रयोग हुन नदिने, व्यक्तिगत प्रयोगका स्टोभ जस्ता साधनहरुलाई समय समयमा मर्मत गरेर कम धुँवा फाल्ने गरी प्रयोग गर्ने जस्ता विधिहरु अपनाएर प्रदूषण कम गर्न सकिन्छ ।

    अर्को महत्वपूर्ण कुरा भनेको, ‘क्लिन इनर्जी’को खपत बढाउने नै हो । सोलार, विद्युत जस्ता इन्धनका स्रोतहरुको उपयोगमा बढावा दिन सकियो भने पनि पर्यावरण दूषित हुन रोकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ वृक्षारोपण हो । रुख विरुवा रोप्ने, हुर्काउने कुरा नै यस्ता प्रदूषण न्यूनीकरण गर्ने सबैभन्दा महत्वपूर्ण उपाय हो ।

    अहिलेको वायु प्रदूषणबाट कसरी बच्ने ?

    अहिले मानव स्वास्थ्यको प्रतिकुल हुने खालको पर्यावरण छ । वायु प्रदूषणका कारण मानिसहरुमा विभिन्न खालका माथि उल्लेखित समस्याहरु देखिन थालेका छन् । हस्पिटलहरुमा पनि बिरामी बढिरहेका छन् । यसकारण यस्तो अवस्थाबाट बच्नका लागि सकेसम्म घरबाहिर हिडडुल गर्नु हुँदैन ।

    अनावश्यक रुपमा सवारी साधन पनि चलाउन हुँदैन । बाहिर निस्कनै परे मास्क लगाएर निस्कने गर्नुपर्छ । डढेलो लाग्न नदिने, यस सम्बन्धि सचेतना अपनाउने र इन्धन (डिजेल, मट्टितेल, दाउरा बाल्ने)को प्रयोग पनि अनावश्यक ठाउँमा नगर्ने । यति मात्रै गर्न सकियो भने पनि अहिलेको वायु प्रदूषणबाट केही हदसम्म बच्न सकिन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ