Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा ऐनको माग गर्दै शिक्षकहरूको प्रदर्शन जारी, काठमाडौंको यातायात प्रभावित


ग्लोबल पाना
आइतबार, वैशाख ७ २०८२
  • 297
    SHARES

  • images
    शिक्षा ऐनको माग गर्दै शिक्षकहरूको प्रदर्शन जारी, काठमाडौंको यातायात प्रभावित

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा शिक्षा क्षेत्रका कर्मचारीहरूले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन्। माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ अघि बढेका शिक्षकहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गरेका हुन्।

    images
    images
    images

    यसअघि हरेक दिन दिउँसो १२ देखि ३ बजेसम्म प्रदर्शन हुँदै आए पनि आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यक्रमलाई ध्यानमा राख्दै शिक्षकहरूले समय अगाडि सारेका हुन्। राप्रपाले बिहान ११ बजेबाट बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेपछि शिक्षकहरूले आफ्नो प्रदर्शन छोट्याउने तयारीसमेत गरेका थिए।

    शिक्षकहरूले चैत २० गतेदेखि माइतीघर–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। सरकारले वार्ता जारी राखेपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुटेपछि उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेका थिए। त्यसपछि देशभरका विद्यालयमा पठनपाठन ठप्प भएको छ।

    प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडकखण्डमा सवारी आवागमनमा समेत प्रभाव परेको छ। यसले सर्वसाधारण र सवारी साधन चलाउने चालकहरूलाई समेत असहज भएको जनाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ