काठमाडौं । राष्ट्रिय युवा परिषदमा आवद्ध सामाजिक संघ संस्था सञ्जालद्वारा आयोजना र राष्ट्रिय युवा परिषद नेपालकाे सहकार्यमा ‘प्रस्तावना लेखन सम्बन्धि क्षमता विकास तालिम’ आजदेखि अनामनगर स्थित युनियन हाउसमा सुरु भएको छ ।
राष्ट्रिय युवा परिषद नेपालको सहकार्यमा सुरु भएको यो तीन दिने तालिममा विभिन्न संघसंस्थाबाट आएका युवाहरूको सक्रिय सहभागिता देखिएको छ । पहिलो दिनको तालिममा प्रस्तावना लेखनको आधारभूत अवधारणा, संरचना, र व्यवहारिक महत्त्वबारे प्रशिक्षण दिइयो ।
प्रशिक्षकहरूले परियोजना प्रस्ताव तयार पार्दा ध्यान दिनुपर्ने पक्षहरू र त्यसको प्रस्तुतीकरण सम्बन्धी अभ्यास गराए । कार्यक्रमको उद्घाटन सत्रमा आयोजक तथा सहकार्यकर्ता संस्थाका प्रतिनिधिहरूले युवा नेतृत्व र संस्थागत दक्षताका लागि यस्ता तालिमहरूको भूमिका अपरिहार्य रहेको धारणा राखेका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


