Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

टोखा नगरपालिकामा बाल सञ्जालको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न


ग्लोबल पाना
बुधबार, वैशाख १० २०८२
  • 871
    SHARES

  • images
    टोखा नगरपालिकामा बाल सञ्जालको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

    टोखा, काठमाडौं । टोखा नगरपालिका अन्तर्गत बाल सञ्जालमा आवद्ध बालबालिकालाई लक्षित गरी सञ्चालित ‘नेतृत्व तथा क्षमता विकास तालिम’ सफलतापूर्वक सम्पन्न भएको छ । नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित तालिम २०८२ साल बैशाख ५ गतेदेखि १० गतेसम्म सञ्चालन भएको थियो ।

    images
    images
    images

    तालिममा सहभागी बालबालिकालाई नेतृत्व विकास, बालकल्ब सन्जाल, बालकल्बहरु दर्ता नविकरण, आत्मविश्वास अभिवृद्धि, सामाजिक जिम्मेवारी, संवाद तथा सहकार्यको सीप, र सामूहिक निर्णय क्षमतासम्बन्धी विभिन्न विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो । बालबालिका अधिकार विज्ञ देवकी आचार्यले प्रशिक्षण दिनुभएको थियो । 

    नगरपालिका स्रोतका अनुसार, तालिमले बालबालिकामा सकारात्मक सोच, समस्या समाधान क्षमता र समाजप्रति उत्तरदायी व्यवहार विकास गर्न मद्दत गरेको छ । साथै, सहभागीहरूबाट पाएको उत्साहजनक प्रतिक्रिया र सुझावका आधारमा आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ । टोखा नगरपालिकाले बालमैत्री समाज निर्माणमा सघाउ पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ