Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : मन्त्री खड्का


ग्लोबल पाना
बिहीबार , वैशाख ११ २०८२
  • 360
    SHARES

  • images
    समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : मन्त्री खड्का

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय सापेक्षित कानुनहरु निर्माण गर्ने काममा लागिपरेको बताएका छन् । बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले समय सापेक्षित कानुनहरु निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको बताएका हुन् ।

    images
    images
    images

    उनले भने, ‘हामीहरु सरकारमा छौं । समय सापेक्षित कानुनहरु निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको अवस्था छ । त्यसका लागि कुन कानुनहरु बाधाको रुपमा देखिएको छ अनुभूति भएको कुराहरु भन्नुहोला त्यसमा संशोधन गर्नेछौं । सबै समयसापेक्षित बनाउनुपर्छ । त्यस्तै उनले धेरै आयोजनाहरु सुरु गरेर रोजगारी सृजना गर्ने र उद्योग धन्दाहरुलाइ चलायमान बनाउने कुरामा सरकारको ध्यान गएको पनि बताए । उनले भने,‘एउटा आयोजना मात्रै हामीले सुरु गर्यौं भने रोजगारीकै अवसरहरु धेरै मिल्छ ।

    बुढी–गण्डकी आयोजना सुरु गर्यौं भने १७ हजारले रोजगारी पाउँछन् । त्यसमा ४० प्रतिशत इन्जिनियरकै आवश्यकता हुन्छ । यस्ता थुप्रै आयोजनाहरुसुरु गर्नुपर्नेछ । त्यसले राजस्व वृद्धि हुने उद्योगधन्दाहरु चलयमान हुने हुन्छ ।

    साना पसलदेखि रोजगार सृजना हुने आयोजनाहरुमा लाग्नुपर्ने आवश्यकता छ ।’ अब ढिला गर्ने छुट कसैलाई नभएको भन्दै उनले तिव्र गतिमा काम अगाडि बढाउन लाग्नुपर्ने धारणा राखे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ