Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

थुमाको डाडा खानेपानी आयोजनाको जिल्ला समन्वय समितिमा समन्वय बैठक


ग्लोबल पाना
बिहीबार , वैशाख ११ २०८२
  • 400
    SHARES

  • images
    थुमाको डाडा खानेपानी आयोजनाको जिल्ला समन्वय समितिमा समन्वय बैठक

    ११ बैशाख ,पोखरा । कास्कीको मादी गाउँपालिका वडा न ३ र ४ का ३७२ घरधुरी बासिन्दालाई लक्षित गरि निर्माण हुदै गरेको थुमाको डाडा खाने पानी आयोजनाको निर्माण प्रगतिको सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीले बिहिबार एक समन्वय बैठक आयोजना गरेको छ ।

    images
    images
    images

    आयोजनाका सम्बन्धमा देखिएका ढिला सुस्ती र समयमा सम्पन्न गर्न देखिएका बिबाद समाधान गर्न सो समन्वय बैठक आयोजना गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो ।

    ४ करोड ६१ लाख १० हजार ८ सय २८ रुपैयाँमा सम्झौता भएको सो खानेपानी आयोजनाको ६६ प्रतिशत बित्तिय र ७५ प्रतिशत भौतिक प्रगती देखीएको भन्दै पौडेलले जति सक्दो आयोजना निर्धारित समयमा सम्पन्न गर्ने कार्ययोजना बनाउनुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

    पौडेलले कतिपय बिकास आयोजना स्थानीय राजनितिक कारणले अबरुद्ध हुने गरेका केही उदाहरण भएको सन्दर्भ उल्लेख गर्दै बिकास प्रभावित हुने कुनै पनि किसिमका कानुन बिपरितका काम सह्य नहुने तत्काल समस्या समाधानको उपाय खोज्न सम्बन्धित सरकारी कार्यालय स्थानिय जनप्रतिनिधि र उपभोक्ता समिति सहित स्थानिय बासिन्दालाई आग्रह गर्नुभयो ।

    जिल्ला समन्वय समिति कास्कीका सदस्य राजु अधिकारीले निर्माण कार्यको क्रममा ट्रान्समिसन पाइपलाइनको काम गर्ने क्रममा चालू आर्थिक बर्षमा मर्के भन्ने ठाँउमा स्थानिय बिच बिबाद हुँदा सम्पूर्ण निर्माण कार्य नै प्रभावित भएको भन्ने जानकारीमा आए लगत्तै समस्या समाधानका लागि सो बैठक आयोजना भएको उल्लेख्य गर्नुभयो ।

    बैठकमा जिल्ला समन्वय समितिका सहित स्थानिय उपभोक्ता समिति ,निर्माण ब्यबसायी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेपाल सरकारको विशेष कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७६-०७७ को मिति २०७७ असार २१ गते कार्यदेश प्राप्त गरि मिति २०८२ असार ३० मा निर्माण सम्पन्न हुनुपर्ने सो आयोजना भिमेश्वर -संरक्षण - कृपा जे भि भरतपुर चितवनले निर्माण कार्य गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ